National life

शिक्षकलाई विद्यालय फर्कन सरकारको आग्रह: आन्दोलन स्थल नछोड्ने शिक्षक महासंघको जिकिर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
566Shares
शिक्षकलाई विद्यालय फर्कन सरकारको आग्रह: आन्दोलन स्थल नछोड्ने शिक्षक महासंघको जिकिर
ncell

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षकहरूको आन्दोलनलाई आज पनि निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष समेत रहेका लक्ष्मी किशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको भन्दै सबै शिक्षकहरूलाई निरन्तर आन्दोलनमा शरिक हुन आग्रह गरेका छन् ।

आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने महासंघ अध्यक्ष सुवेदीको भनाई छ । उनले आज पनि हिजो अस्ति जस्तै माइतीघरमा दिउँसो १२ बजे शिक्षकहरू भेला भएर विरोध प्रदर्शन गर्ने सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।

Royal Enfield
nic asia capital

यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षकहरूले १५ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

उनीहरूले एसईईको उत्तर पुस्तिका जाँच,  कक्षा १२ को परीक्षा र नयाँ भर्ना अभियानसमेत बहिस्कार गरेका छन् । यसअघि मङ्गलवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालयमा फर्किन शिक्षकहरूलाई आग्रह गरेको थियो ।

सङ्घीय संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ । आफूहरू बितिन्छ कि जितिन्छ को फाइनल म्याचमा भएको कारण आफ्नो मागहरू कार्यान्वयनमा नआएसम्म कर्मस्थल नफर्कने शिक्षक महासंघकको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?