National life

शिखर पावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२६ फागुन २०८२, मङ्गलबार
925Shares
शिखर पावरको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने
ncell

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १७ गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र मात्र आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

Royal Enfield
nic asia capital
सोमध्ये ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर यसअघि नै निष्कासन तथा बाँडफाँड गरिसकिएको छ।

कम्पनीले दोस्रो चरणमा कर्मचारीका लागि ४४ हजार ४०० कित्ता सेयर छुट्याई बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरको कुल मूल्य १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
925SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?