National life

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आइपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० असोज २०८२, बिहिबार
1.1kShares
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आइपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी आवेदन
ncell

काठमाडौं  । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन् ।

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ८ गुणा बढी आवेदन हो ।

Royal Enfield
nic asia capital

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

कम्पनीको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् । यसर्थमा १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?