National life

संघीय सरकारको कोष १ खर्ब ३० अर्ब घाटामा, बजेट खर्च लक्ष्यमा चुनौती

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
832Shares
संघीय सरकारको कोष १ खर्ब ३० अर्ब घाटामा, बजेट खर्च लक्ष्यमा चुनौती
ncell

काठमाडौं । संघीय सरकारको संचित कोष ठूलो घाटामा पुगेको छ। अर्थमन्त्रालयका अनुसार हाल सरकारको कोष करिब १ खर्ब ३० अर्ब रुपैयाँ घाटामा रहेको छ।

अर्थमन्त्री रामेश्वर खनालले आज चालु बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा यस विषयमा जानकारी दिँदै नेपालको वित्तीय अवस्था अत्यन्त दबाबपूर्ण रहेको बताएका छन् । “नेपालमा पैसा नै नभएको भन्दा पनि संघीय सरकारको कोष घाटामा रहेको छ।

Royal Enfield
nic asia capital
यसले बजेट खर्चको लक्ष्य पूरा गर्न समेत समस्या उत्पन्न गरेको छ।” अर्थमन्त्री खनालले  भने,

उनले बजेट खर्च घटाउनुमा तालुकदार निकायहरूको खर्च ढिला हुनु मुख्य कारण भएको बताए। विभिन्न मन्त्रालय, विभाग र निकायहरूले उपलब्ध रकमको पूर्ण प्रयोग नगर्दा सरकारले निर्धारित बजेट लक्ष्य पूरा गर्न कठिनाइ भोग्नु परेको उनको भनाई छ ।

अर्थमन्त्री खनालले आगामी बजेट रणनीति पुनर्मूल्यांकन आवश्यक भएको पनि बताए। घाटा नियन्त्रणका लागि सरकारले राजस्व सङ्कलन सुधार्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने र तालुकदार निकायसँग समन्वय बढाउने योजना अघि सारेको जनाएका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
832SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?