National life
cg eloctronics

सर्वाेत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न,नगद लाभाँस बाड्ने प्रस्ताव स्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
658Shares
सर्वाेत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न,नगद लाभाँस बाड्ने प्रस्ताव स्वीकृत
ncell

काठमाडौं । नेपालकै प्रतिष्ठित सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडलेगत बैशाख १२ गतेआप्mनो पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पँुजीको १५% (कर सहित) नगद लाभाँस बाड्ने प्रस्ताव पनि स्वीकृत गरेकोछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभालेसंस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरु  विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन्र स्वतन्त्र संचालकमा एक (१) जना श्रीमती नेहा अग्रवाललाई मनोनित गरिएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के.सी. ले कम्पनीका सबै संचालक समिति, ग्राहक महानुभावहरु, कर्मचारी वर्ग तथा शेयरधनीहरु प्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन्। साथै उहाँले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिदै आफ्नो स्थापना पश्चात हाल सम्म ६,७२,६८,०२१ बोरा सिमेन्ट र २८,८६,१६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन्।

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दैतथा लोकप्रियता कमाउँदै आएको छ ।

साथै कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी क्षेत्रमा बजार विस्तारको लागि आफ्नो सत प्रतिशत लगानी रहेको सहायक कम्पनी मार्फत झापा भद्रपुरमा रहेको ३०० टन प्रति दिनको क्षमता रहेको मनषा सिमेन्ट ईन्डष्ट्रिज प्रा.लि. खरिद गरी हाल परिक्षण उत्पादन सुरु गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?