National life

होली पर्वको अवसरमा उपत्यकाको सुरक्षा व्यवस्था कडा, २ हजार बढी प्रहरी परिचालन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ फागुन २०८१, बिहिबार
385Shares
होली पर्वको अवसरमा उपत्यकाको सुरक्षा व्यवस्था कडा, २ हजार बढी प्रहरी परिचालन
ncell

काठमाडौँ। आज काठमाडौँ सहित पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ । उपत्यका प्रहरी कार्यालयले उपत्यका लक्षित सुरक्षालाई कडा बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार, बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको छ । सवारीसाधन चलाउनेहरूले मादक पदार्थ सेवन गरेको र लागूपदार्थ सेवन गरेको चेकजाँच गरिने प्रहरीको भनाई छ।

Royal Enfield
nic asia capital

लागु पदार्थ सेवन गरेको भेटिए मुद्दा चलाइने उपत्यका प्रहरी कार्यालयको भनाई छ  । ३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

इच्छा विपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । दुईपांग्रे सवारी चालकले हेलमेट नलगाएको र ३ जना चढेको भेटिए कारबाही गरिने प्रहरीको योजना  छ ।

‘जबरजस्ती गरेमा १ सयमा फोन गर्न प्रहरीले आग्रह गरेको छ ।  होलीको सुरक्षाका लागी काठमाडौँ जिल्लामा मात्रै २ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ। काठमाडौँको ३ सयभन्दा बढी स्थानमा प्रहरीको उपस्थिति रहने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

होली खेल्न नचाहनेलाई रङ दल्ने र मान सम्मानमा आँच पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
385SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?