National life
cg eloctronics

त्रिशूलीमा बस र यात्रु खोज्न भारतीय उद्धारकर्ताको टोली सहभागी ३७ जना यात्रु अझै बेपत्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
432Shares
त्रिशूलीमा बस र यात्रु खोज्न भारतीय उद्धारकर्ताको टोली सहभागी ३७ जना यात्रु अझै बेपत्ता
ncell

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गतको सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा वेपत्ता रहेका दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धारकर्ताको १२ सदस्यीय टोली सहभागी भएको छ।

हिजो चितवन आएको चार जना गोताखोरसहित १२ सदस्यीय भारतीय टोली आज बिहानै देखिको खोजी कार्यमा सहभागी भएको गृह मन्त्रालयअन्तर्गतको कमाण्ड पोष्टका संयोजक एवम् गृह मन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुषालले जनाएका छन् ।

भारतको ुराष्ट्रिय आपदा मोचन बलु (एनडीआरएफ) का प्राविधिकसहितको टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्न सक्ने बताइएको छ । भारतीय टोली एक हप्ता खोजीमा संलग्न हुने छ । असार २८ गते शुक्रवार भएको घटनापछि दुई वटै बस र यात्रु हराइरहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बससँगै ६२ जना यात्रु हराएकामा अहिलेसम्म २५ वटा शव भेटिएको छ । भेटिएका शवमध्ये १७ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै बस र ३७ जना यात्रु अझै बेपत्ता अवस्थामा रहेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
432SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?