National life

भोजपुरको पारकुवामा जिप दुर्घटना एक महिलाको घटनास्थलमै मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
465Shares
भोजपुरको पारकुवामा जिप दुर्घटना एक महिलाको घटनास्थलमै मृत्यु
ncell

काठमाडौँ। भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ ।

भोजपुरको बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवाको दूधकोशी नदी किनारमा जिप खसेको हो । उक्त दुर्घटनाबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

Royal Enfield
nic asia capital

मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको हो ।  हाल घाइतेहरूको परिचय र जिप दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?