National life
cg eloctronics

महोत्तरीमा आगलागी हुँदा सयौँ घर जलेर खरानी,आगो अझै नियन्त्रण बाहिर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
423Shares
महोत्तरीमा आगलागी हुँदा सयौँ घर जलेर खरानी,आगो अझै नियन्त्रण बाहिर
ncell

काठमाडौँ । महोत्तरीको मठिहानी नगरपालिका ६ मा पर्ने एक बस्तीमा भीषण आगलागी भएको छ । एक घण्टा अगाडि भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मदरसा टोलमा बुधवार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर खरानी भएको छ । आयो निभाउनका लागि त्यहाँ १० वटा वारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।

हावा तीव्र गतिमा चलिरहेको र घाम समेत उत्तिकै लागेको कारण आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको स्थानीयको भनाई छ। पीडितहरूको पनि भागाभाग मच्चिएको छ । आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट वारुणयन्त्र पुगेको छ ।

हालसम्म मानवीय घटना नदेखिएको भएपनी भौतिक रूपमा कतिको क्षति भएको छ भन्ने अवस्था नरहेको प्रहरीले जानकारी दिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?