National life

इन्टरनेट सेवा उच्च जोखिममा, कुनै पनि बेला बन्द हुनसक्ने सेवाप्रदायकहरुको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
540Shares
इन्टरनेट सेवा उच्च जोखिममा, कुनै पनि बेला बन्द हुनसक्ने सेवाप्रदायकहरुको दाबी
ncell

काठमाडौँ । इन्टरनेट सेवामा नयाँ समस्या देखापरेको छ । त्यस्तो समस्याका कारण कुनै पनि बेलामा आफ्नो सेवा अवरुद्ध हुन सक्ने इन्टरनेट सेवा प्रदायहरु आफै बताउँछन् ।

आज राजधानीको एक होटलमा एक ठाउँमा उभिर नेपालका इन्टरनेट व्यवसायीहरुले हाल ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा कुनै पनि बेलामा अवरुद्ध हुन सक्ने जानकारी दिए । उनीहरुले आयातका भुक्तानीका लागि सटही सुविधा नदिँदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध हुने सम्भावना बढेर गएको बताएका हुन् ।

Royal Enfield
nic asia capital
त्यस्तै, इन्टरनेट सेवा प्रदायकले लिँदै आएको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा शुल्क टीएससीको सन्दर्भमा पनि नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरण नगरिदिँदा इन्टरनेट सेवा नै बन्द हुने अवस्थामा पुगेको कार्यक्रममा बताइएको थियो ।

एकातिर लाइसेन्स नवीकरण नभइ नेपाल दूरसञ्चार प्राधिकरणले मुद्रा सटहीको सिफारिस नगर्ने र अर्कातिर एनटीएको सिफारिस नभइ राष्ट्र बैंकले सटही नगरिदिने भएकाले अहिले भुक्तानीमा ठूलो समस्या सिर्जना भएको अवस्था छ । हाल इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट बापत कुल बिलको ५० प्रतिशतसम्म मर्मत सम्भार र सेवा शुल्कमा गणना गर्दै आएका छन् भने बाँकी ५० प्रतिशत मात्रै इन्टरनेट शुल्कको रुपमा लिने गरेका छन् ।

आर्थिक ऐनको व्यवस्था बमोजिम दूरसञ्चार सेवा शुल्कमा १३ प्रतिशत दूररञ्चार सेवा शुल्क, ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास शुल्क आरटीडीएफ लाग्ने बताउँदै सेवा प्रदायकहरुले इन्टरनेट सेवा प्रदायकले मर्मत र सेवा शुल्क बापतको ५० प्रतिशत रकममा रोयल्टी र आरटीडीएफ कर नजोडेको भन्दै एनटीए तथा मन्त्रालयले लाइसेन्स नवीकरण गर्न नमानेको खुलासा गरेका हुन्।

इन्टरनेट सेवा प्रदायकले लिँदै आएको मर्मत सम्भार शुल्क दूरसञ्चार सेवा हो कि होइन वा मर्मत शुल्कमा आरटीडीएफ र रोयल्टी लाग्छ कि लाग्दैन भन्ने देखिएको र यो विषयमा संसदीय समिति, सर्वोच्च अदालत र आर्थिक ऐनलेसमेत प्रष्ट व्याख्या गरेकोमा उक्त दूरसञ्चार सेवा नरहेको सेवा प्रदायकहरु बताउँछन्।

इन्टरनेट व्यवसायसीहरुले आज गरेको पत्रकार सम्मेलनकै मुख्य एजेन्डामा आधारित भएर आर्थिक भ्वाईस डटकमले दुई महिना अघि नै सो विषयमा समाचार समेत प्रकाशित गरिसकेको छ । इन्टरनेट सेवामा देखिएका चुनौतीका मुख्य एजेन्डाका तथ्य,प्रमाण सहितका काजगाज सहित समाचार प्रकाशित भएको थियो ।

https://aarthikvoice.com/archives/25815

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?