National life

१४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ पुस २०८०, शनिबार
502Shares
१४ जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा सुरु
ncell

धनकुटा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत द्रुतगतिको इन्टरनेट सेवा सुरु गरेकी छन् । सरकारका प्रवक्ता शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को शनिवार उद्घाटन गरेकी हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित उक्त कार्यक्रममा उनले यस परियोजनाले करिब ५० लाख जनतामा सेवा प्रवाह गर्न सहज हुने बताइन् । सूचना र प्रविधिको क्षेत्र सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथामिकतामा राखेको छ, यस्ता विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत राखेको छ ।”

Royal Enfield
nic asia capital

यस वर्ष सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा सेवा विस्तार गरेर ७३ जिल्लामा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा पुर्याएको मन्त्री शर्माले जानकारी दिइन् । उनले चाँडै बाँकी जिल्लामा पनि सेवा विस्तार गरिने बताइन् ।

मध्यपहाडी राजमार्गअन्तर्गतको यो योजना सञ्चारसम्बन्धी सरकारको योजनाको एक अंश भएको जानकारी दिँदै मन्त्री शर्माले यस आयोजनाले कोशी प्रदेशका बासिन्दालाई दूरसञ्चारको मूलप्रवाहमा जोड्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा विस्तारलाई सरकारले विशेष जोड दिएको बताउँदै मन्त्री शर्माले यसै योजनाअन्तर्गत नेपाल टेलिकमबाट सुरु गरिएको फोरजी सेवा सात सय ३९ स्थानीय तहमा पुर्याएको जानकारी दिइन् । देशको कुल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको र यसलाई शतप्रतिशत विस्तार गर्न आवश्यक रहेको उनको धारणा छ ।

एनसेल मोबाइल प्रकरणमा सरकारले छानबिन टोली गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । “बाहिर हल्ला भएजस्तो एनसेलका विषयमा केही भएको छैन, हाइप्रोफाइल भनेर कारबाहीबाट छुट कसैलाई हुन्न”, उनले भनिन् ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले ग्रामीण दूरसञ्चार कोषको लगानीमा मध्यपहाडी राजमार्गमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कको सञ्चालनमा ल्याइएको बताए । ग्रामीण दूरसञ्चार कोषअन्तर्गत रु चार अर्ब ८७ करोड लगानीमा कोशी, मधेस र बागमती प्रदेशमा सञ्चालित आयोजनामध्ये कोशी प्रदेशको आयोजना पूरा भएको हो । तीन प्रदेशमध्ये कोशी प्रदेश सेवा प्रवाहमा पहिलो भएकामा प्रदेशवासीलाई मन्त्री शर्माले बधाई ज्ञापन गरिन् ।

तीन प्रदेशमा विस्तार हुने एक हजार दुई सय २५ किमी लामो फाइबरको महामार्गमध्ये कोशी प्रदेशमा आठ सय ६३ किलोमिटर लामो महामार्गबाट सेवा प्रवाह हुने ग्रामीण दूरसञ्चार कोष परियोजनाका निर्देशक लक्ष्मण महर्जनले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?