National life
cg eloctronics

आर्थिक अभावका कारण दसैँ कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

1. असत्यमाथि सत्यको विजयलाई व्यवहारमा उतारौँ : प्रधानमन्त्री बालेन्द्र शाहको दसैँ सन्देश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|३१ असोज २०८३, शनिबार
566Shares
आर्थिक अभावका कारण दसैँ कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह
ncell

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँ–२०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले दसैँलाई पारिवारिक मिलन, सामाजिक एकता र सांस्कृतिक परम्पराको संरक्षण गर्ने महत्त्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै सत्यको बाटोमा हिँड्न र सुशासनलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन्।

बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले दसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरेका छन्। उनले नेपाली समाजमा सदियौँदेखि धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको दसैँले आपसी आत्मीयता, सद्भाव र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउँदै आएको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार दसैँ ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने, परिवार तथा आफन्तसँग भेटघाट गर्ने र मौलिक परम्परालाई निरन्तरता दिने अवसर हो। देशभित्र तथा विदेशमा रहेका नेपालीहरू घर फर्किएर परिवारसँग समय बिताउने पर्वका रूपमा समेत दसैँको विशेष महत्त्व रहेको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले विभिन्न विषम परिस्थिति र सङ्कटको सामना गर्नुपरे पनि नेपाली समाजले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यतालाई संरक्षण गर्दै चाडपर्व मनाउने परम्परालाई निरन्तरता दिएको बताएका छन्।

विगतका प्राकृतिक विपद् तथा महामारीका कठिन समयको स्मरण गर्दै उनले यस वर्ष पनि रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएको विनाशको पीडा र शोकबीच दसैँ आएको उल्लेख गरेका छन्। विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको पनि उनले बताएका छन्।

दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री शाहले प्रत्येक व्यक्तिले आफूभित्रका नकारात्मक प्रवृत्तिलाई चिन्न र तिनमाथि विजय प्राप्त गर्नुपर्ने बताएका छन्। काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानव दुःखका कारणमाथि विजय हासिल गर्न सके व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउने उनको सन्देश छ।

प्रधानमन्त्री शाहले चाडपर्वका बेला पनि आर्थिक तथा पारिवारिक बाध्यताका कारण घर फर्कन नसक्ने नेपालीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। रोजगारी र जीविकोपार्जनका लागि विदेशिनुपर्ने बाध्यताले गाउँघरका घरआँगन रित्तिँदै गएको उल्लेख गर्दै उनले यस्तो अवस्था परिवर्तन गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

आर्थिक अभावका कारण दसैँजस्तो महत्त्वपूर्ण पर्व कसैका लागि बोझ बन्न नहुनेमा जोड दिँदै प्रधानमन्त्री शाहले नागरिकको आर्थिक सम्पन्नता र सुखद जीविकोपार्जनलाई सरकारको प्राथमिकतासँग जोडेका छन्। देशलाई समृद्धिको बाटोमा अघि बढाउँदै सुशासन कायम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्।

उनले दसैँको मूल सन्देशलाई व्यवहारमा उतार्दै सत्य, सदाचार र सुशासनको मार्गमा अघि बढ्न सबैलाई आह्वान गरेका छन्। माता दुर्गाभवानीको कृपा सबैमा रहिरहोस् भन्ने कामनासहित प्रधानमन्त्री शाहले सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन्।

अन्त्यमा उनले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त होस् तथा माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्ने शुभकामना व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?