National life

निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई ” गीत सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
1.4kShares
निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई ” गीत सार्वजनिक
ncell

काठमाडौं । तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई” नामक तिहारगीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित  गायिका समान्ता थापा ,निरज तिमल्सीना र मनिष पौडेलले स्वर दिनु भएको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ भने मोहित मुनालले संगित दिनुभएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/33507

गीतकार तथा गायक पौडेलले भन्नुभयो, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि तिहारको रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।” गितमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरु कागपुजा , कुकुर पुजा , लक्ष्मि पुजा , गाई गोरु पुजा र भाई पुजालाई पनि समेटिएको छ ।

गीतमा नेपालीहरुले तिहारमनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको दशैं गीत पनि सार्बजनिक भएको थियो ।

गीतको लिंक

https://mail.google.com/mail/u/0/#inbox/WhctKLbmpHhmXWfspdXtZpRqJMGXKTMctJvLQqDMVdpWxtqBcsnBmJMGRBqgDcdRhzBkxLl?projector=1

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?