National life

निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
649Shares
निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक
ncell

काठमाडौं । महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत सार्बजनिक भएको छ ।

गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा , मनिष पौडेलले स्वर दिनु भएको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ भने, “कोरियोग्राफी दिपिका थापाले गर्नुभएको छ । उक्त गीतमा कलाकार गोपाल ढकाल “छन्दे”, नवराज कार्की का साथै वेलकम परिवारले अभिनयमा साथ दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गीतकार तथा गायक पौडेलले भन्नुभयो, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि बडा दशैँ को रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।” गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको तीज गीत पनि सार्बजनिक भएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?