National life

एनपीएलमा सट्टेबाजी गर्ने ८ भारतीय नागरिक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०७ मंसिर २०८२, आइतबार
759Shares
एनपीएलमा सट्टेबाजी गर्ने ८ भारतीय नागरिक पक्राउ
ncell

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अवैध सट्टेबाजी (बेटिङं) गर्ने कार्यमा संलग्न आठ जना भारतीय नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

बल्खु क्षेत्रबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेकाहरूले अनलाइन बेटिङ साइटमार्फत खेलको हारजितमा रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेशस्थित प्रकासम जिल्लाका राजा यदुला , महेश बाबु , पण्डित श्रीनिवासुलु सेख सोयब , नभिन मड्डेला, महमद रफी सेख , साई कुमार तम्मिसेट्टी र सेख चन्द बसल रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरेको छ र त्यसबाट आवश्यक प्रविधियुक्त अनुसन्धान गरिरहेको जनाएको छ।

थप अनुसन्धानका लागि पक्राउ परेका यी सबै भारतीय नागरिकलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?