काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६६ वर्षीय देवेन्द्रप्रसाद ढुंगाना ललितपुरबाट पक्राउ परेका छन् । दुई वर्ष कैद र २० लाख ४० हजार रुपैयाँ बिगो तोकिएका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । चितवनको खैरहनी नगरपालिका–६ घर भएका ढुंगाना हाल ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलमा बस्दै आएका थिए ।
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका ढुंगानालाई अदालतले दुई वर्ष कैद र २० लाख ४० हजार रुपैयाँ बिगो तोकेको थियो ।
पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला अदालत ललितपुरमा पेस गरिएको प्रहरीले जनाएको छ ।


































