National life
cg eloctronics

सुनको मूल्य २ लाखसम्म आउन सक्ने, यस्तो छ पूर्वअध्यक्ष शाक्यको विश्लेषण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|०६ मंसिर २०८३, आइतबार
6.3kShares
सुनको मूल्य २ लाखसम्म आउन सक्ने, यस्तो छ पूर्वअध्यक्ष शाक्यको विश्लेषण
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । केही समयअघि प्रतितोला २ लाख ९० हजार रुपैयाँसम्म पुगेको सुनको भाउ अहिले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले भू–राजनीतिक तनाव, अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बढ्ने संकेतलगायतका कारण सुनको मूल्यमा गिरावट आएको बताएका छन् ।

आर्थिक भ्वाइससँगको संक्षिप्त कुराकानीमा शाक्यले पछिल्लो समय सुनको मूल्यमा गिरावट आउनुका विभिन्न कारण देखिएको बताए । उनका अनुसार नयाँ–नयाँ कारण थपिँदै जाँदा सुनको बजार थप अनिश्चित बनेको छ ।

उनले भने, ‘अहिले भन्नै नसकिने अवस्था छ । भू–राजनीतिक तनावले असर गरिरहेको छ । फेरि अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बढ्ने संकेत देखिएको छ, त्यसले पनि प्रभाव पारिरहेको छ । अहिले नयाँ–नयाँ कारण देखिएका छन् ।’

everest bank

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै घट्न सक्ने संकेतसमेत देखिएको शाक्यको भनाइ छ । उनले वर्ल्ड गोल्ड काउन्सिलले करिब डेढ महिनाअघि सार्वजनिक गरेको अध्ययनलाई उद्धृत गर्दै सुनको मूल्य प्रतिऔंस ४ हजार १०० डलरबाट घटेर ३ हजार ५०० डलरसम्म आउन सक्ने प्रक्षेपण गरेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३ हजार ५०० डलरको हाराहारीमा पुगिसकेको उल्लेख गर्दै उनले अब ३ हजार डलरसम्म झर्न सक्ने सम्भावनासमेत औँल्याए । त्यसो भएमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला करिब २ लाखदेखि साढे २ लाख रुपैयाँसम्म रहने उनको अनुमान छ ।

‘वर्ल्ड गोल्ड काउन्सिलले गहिरो अध्ययन गरेर प्रतिऔंस ३ हजार ५०० डलरसम्म झर्न सक्ने बताएको थियो । अहिले त्यो स्तरमा आइसकेको छ । अब ३ हजार डलरको लक्ष्यमा पनि पुग्न सक्छ भन्ने देखिएको छ,’ उनले भने ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको शाक्यले बताए । उनका अनुसार चाँदीको मूल्य आधाभन्दा बढीले घटिसकेको छ । बजारमा चाँदीको भाउमा आएको गिरावट पनि अपेक्षाभन्दा ठूलो रहेको उनको भनाइ छ ।

यद्यपि, सुनको मूल्य घट्दा गहना बनाउने उपभोक्तालाई भने केही राहत मिलेको छ । विशेषगरी मंसिरमा छोराछोरीको विवाहका लागि गरगहना बनाउने तयारीमा रहेका ग्राहकहरू अहिले उत्साहित देखिएको व्यवसायीहरूको प्रतिक्रिया रहेको शाक्यले बताए ।

उनका अनुसार केही समयअघि प्रतितोला २ लाख ९० हजार रुपैयाँ पुगेको सुन अहिले २ लाख ४२ हजार रुपैयाँमा झरेपछि गहना खरिद गर्ने ग्राहक बढ्न थालेका छन् ।

‘अहिले बनाइहाल्नुपर्छ, नबनाई कुर्ने अवस्था पनि छैन भन्ने प्रतिक्रिया आइरहेको छ,’ उनले भने ।

तर, सौखका लागि सुन खरिद गर्ने उपभोक्ता भने अझै अन्योलमा छन् । मूल्य थप घट्ने हो कि भन्ने आशंकाले उनीहरू तत्काल खरिद गर्ने वा केही समय पर्खिने भन्ने निर्णयमा पुग्न नसकेको शाक्यको भनाइ छ । बजारमा अहिले पहिलेको जस्तो हानथाप गरेर सुन किन्ने अवस्था नरहेको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
6.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?