National life
cg eloctronics

एनआईसी एसिया बैंकको हकप्रद सेयर भर्न चाहनेलाई आज अन्तिम मौका, भोलि बुक क्लोज

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
1.7kShares
एनआईसी एसिया बैंकको हकप्रद सेयर भर्न चाहनेलाई आज अन्तिम मौका, भोलि बुक क्लोज
muktinatha bikash bank

काठमाडौं । एनआईसी एसिया बैंकको हकप्रद सेयर खरिद गर्न इच्छुक लगानीकर्ताका लागि आज (मंसिर १० गते) सेयर किन्ने अन्तिम दिन रहेको छ । बैंकले भोलि (मंसिर ११ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म सेयरधनी कायम हुने लगानीकर्ताले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर ११ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई बैंकको सेयरधनी कायम भएका लगानीकर्ता मात्रै हकप्रद सेयर खरिदका लागि योग्य हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ । यो अनुपातअनुसार बैंकको २०० कित्ता सेयर भएका लगानीकर्ताले थप १०० कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन् ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद सेयर जारी गर्नेछ । यसअनुसार लगानीकर्ताले थप सेयर खरिद गर्न प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?