काठमाडौं । मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा पखेटाविहीन उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ । शनिबार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक सफलतापूर्वक उडान भरेको हो ।
विशेष प्रविधिमा आधारित यस उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । उडानका लागि आवश्यक सम्पूर्ण प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।
परम्परागत विमानमा जस्तो छुट्टै पखेटा नभएको यो कारलाई व्यक्तिगत हवाई यातायातको नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको छ । यसले भविष्यमा मानिसको आवागमनका लागि हवाई यातायातको वैकल्पिक माध्यम विकास गर्ने सम्भावना देखाएको छ ।
एक जना मात्र यात्रु बस्न मिल्ने उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम छ । यसले १२० किलोग्रामसम्म भार बोक्न सक्ने क्षमता राख्छ ।
यस प्रविधिको सफल परीक्षणसँगै व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

































