National life
cg eloctronics

सेयर बजारमा घट्ने क्रम जारी, कारोबार रकमसमेत खुम्चियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१२ घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
1.1kShares
सेयर बजारमा घट्ने क्रम जारी, कारोबार रकमसमेत खुम्चियो
muktinatha bikash bank

काठमाडौं । सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २ हजार ६२८ अंकमा झरेको छ । अघिल्लो दिन पनि बजार १०.८९ अंकले घटेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ५९ वटाको सेयर मूल्य बढेको छ भने २०३ वटाको घटेको छ । त्यस्तै, १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

everest bank

शुक्रबार बैंकिङ र निर्जीवन बीमा समूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । बैंकिङ समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेका छन् ।

यता विकास बैंक समूह ०.७६ प्रतिशत, फाइनान्स ०.०४ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत, जलविद्युत् ०.७४ प्रतिशत, लगानी ०.४१ प्रतिशत र जीवन बीमा ०.३० प्रतिशतले घटेका छन् ।

त्यसैगरी उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत, माइक्रोफाइनान्स ०.५२ प्रतिशत, अन्य ०.४४ प्रतिशत र व्यापार समूह ०.१७ प्रतिशतले घटेका छन् ।

आज एनआईसी एसिया बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ । मान्डु हाइड्रोपावरको ४.७६ प्रतिशत, बेस्ट फाइनान्सको ४.३० प्रतिशत, उपकार लघुवित्तको ३.१३ प्रतिशत र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको ३.०६ प्रतिशतले मूल्य बढेको छ ।

यसको विपरीत सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले घटेको छ । युनिक नेपाल लघुवित्तको ४.६४ प्रतिशत, बेनी हाइड्रोपावरको ४.२७ प्रतिशत, भुजुङ हाइड्रोपावरको ४.२१ प्रतिशत, स्वस्तिक लघुवित्तको ३.९४ प्रतिशत र बोटलर्स नेपाल तराईको ३.४९ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । त्यसपछि ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।

त्यस्तै, पिपुल्स हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माई हाइड्रोपावर, एनएमबी बैंक र साहस ऊर्जा पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?