काठमाडौं । छिर्ख्वा हाइड्रोपावर लिमिटेडका संस्थापक सेयरधनी डम्बरबहादुर कार्कीले आफ्नो नाममा रहेको ५६ हजार कित्ता सेयर बिक्री गर्ने भएका छन्। कम्पनीले कार्कीले संस्थापक सेयर बिक्री गर्न लागेको जानकारी गराएको हो।
कम्पनीका अनुसार कार्कीले आगामी ३ महिनाभित्र आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्ने आशयसहित निवेदन दिएका छन्।
कार्कीले बिक्री गर्न लागेको सेयर संख्या ५६ हजार कित्ता रहेको कम्पनीले जनाएको छ।

































