काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आफ्नो १०औँ वार्षिक साधारणसभा पुस २ गते आयोजना गर्ने भएको छ। कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको ५६औँ बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।
कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १६ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णयसमेत गरेको छ।
यसअनुसार मंसिर १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र कम्पनीको १०औँ वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
कम्पनीले साधारणसभा तथा बुक क्लोजसम्बन्धी निर्णयबारे नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ लिमिटेडलगायत सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ।
कम्पनीले सार्वजनिक गरेको सूचनामा साधारणसभाको मिति र बुक क्लोजसम्बन्धी विवरण उल्लेख भए पनि सभामा पेस गरिने विस्तृत प्रस्तावहरू भने खुलाइएको छैन।

































