National life
cg eloctronics

सन नेपाल लाइफमा जागिरको अवसर, नयाँले पनि आवेदन दिन सक्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
2.8kShares
सन नेपाल लाइफमा जागिरको अवसर, नयाँले पनि आवेदन दिन सक्ने
muktinatha bikash bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न प्रदेशमा रहेका शाखा तथा उपशाखाका लागि कर्मचारी माग गरेको छ। कम्पनीले शाखा तथा उपशाखा प्रबन्धक पदमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

कम्पनीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा कर्मचारी नियुक्त गर्न लागेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीका अनुसार कोशी प्रदेशअन्तर्गत दुहबी, रामपुर, भोजपुर, इलाम, फिक्कल, रबी, खाँदबारी, इटहरी, मधेश प्रदेशअन्तर्गत मिर्चैया तथा जीतपुरमा कर्मचारी माग गरिएको छ। त्यस्तै, बागमती प्रदेशका भैंसेपाटी, टोखा, पाँचखाल, बनेपा र नुवाकोट तथा गण्डकी प्रदेशको दुलेगौंडामा पदपूर्ति गरिनेछ।

यसैगरी, लुम्बिनी प्रदेशका हापुरे, राजापुर र शितगंगा तथा कर्णाली प्रदेशको जाजरकोटमा समेत शाखा तथा उपशाखा प्रबन्धक नियुक्त गर्न लागिएको कम्पनीले जनाएको छ।

उक्त पदमा आवेदन दिन मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। विदेशबाट अध्ययन गरेका उम्मेदवारले नेपालका सम्बन्धित निकायबाट शैक्षिक समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ।

everest bank

कम्पनीका अनुसार २१ देखि ३५ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यस पदका लागि नयाँ उम्मेदवारले समेत आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन फाराम भरी आवश्यक कागजातको प्रतिलिपिसहित आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति मंसिर २३ गते तोकिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?