National life
cg eloctronics

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
1.8kShares
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्यो
muktinatha bikash bank

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्ने क्रम जारी रहे पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वृद्धिदर सुस्त देखिएको छ। आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म २ लाख ४ हजार २०८ जनाले श्रम स्वीकृति लिएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७४ प्रतिशत मात्रै बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा २ लाख ७१६ जनाले श्रम स्वीकृति लिएका थिए। एक वर्षको अवधिमा श्रम स्वीकृति लिनेको संख्या ३ हजार ४९२ ले बढेको हो।

महिनागत तथ्यांकले भने वैदेशिक रोजगारीमा जानेको संख्यामा उतारचढाव देखाएको छ। चालु आर्थिक वर्षको साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएकामा भदौमा घटेर ६० हजार २ मा झरेको थियो। असोजमा भने पुनः वृद्धि हुँदै ७३ हजार ७६५ पुगेको छ।

everest bank

असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा दक्ष कामदारको हिस्सा सबैभन्दा ठूलो छ। विभागको तथ्यांकअनुसार उक्त महिनामा ४० हजार ७०० दक्ष कामदारले श्रम स्वीकृति लिएका छन्। यो कुल संख्याको ५५.२ प्रतिशत हो।

यसैगरी, अदक्ष कामदार २० हजार २२८ अर्थात् २७.४ प्रतिशत र अर्धदक्ष कामदार १२ हजार ३४२ जना छन्। व्यावसायिक श्रेणीका ४१५ तथा उच्च दक्ष श्रेणीका ८० जनाले पनि श्रम स्वीकृति लिएका छन्।

जिल्लागत विवरणमा असोजमा धनुषाबाट सबैभन्दा बढी ३ हजार ३२६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। सिराहाबाट २ हजार ७२३, मोरङबाट २ हजार ५७८, महोत्तरीबाट २ हजार ५३९ र रुपन्देहीबाट २ हजार ४७४ जनाले श्रम स्वीकृति लिएका छन्।

सबैभन्दा बढी श्रम स्वीकृति लिने जिल्लाको सूचीमा मधेश प्रदेश तथा तराई क्षेत्रका जिल्लाहरूको उपस्थिति उल्लेख्य छ। यसले ती क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या ठूलो रहेको देखाउँछ।

विभागको विवरणअनुसार असोजमा ८४८ वैदेशिक रोजगार व्यवसायी संस्थामार्फत श्रमिक पठाउने प्रक्रिया अघि बढेको छ। तीमध्ये अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स प्रालिमार्फत ५२५, प्याराडाइज इन्टरनेसनल प्रालिमार्फत ४३१ र मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिसेज प्रालिमार्फत ३२४ जनाले श्रम स्वीकृति लिएका छन्।

समग्र तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अझै बढिरहेको देखाए पनि पहिलो तीन महिनाको वृद्धिदर भने सामान्य रहेको छ। महिनागत रूपमा भदौमा घटेको श्रम स्वीकृतिको संख्या असोजमा उल्लेख्य रूपमा बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?