National life
cg eloctronics

अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको भाउ बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१२ मंसिर २०८३, शनिबार
395Shares
अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको भाउ बढ्यो
muktinatha bikash bank

काठमाडौं: नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्यमा वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १४८ रुपैयाँ ४८ पैसा र बिक्री दर १४९ रुपैयाँ ०८ पैसा कायम भएको छ। शुक्रबार एक डलरको खरिद दर १४७ रुपैयाँ ६२ पैसा र बिक्री दर १४८ रुपैयाँ २२ पैसा थियो। डलरको यो मूल्यमा निरन्तर सुधार देखिएको छ। यद्यपि, गत जेठ ७ गते डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुग्दै खरिद दर १५४ रुपैयाँ ६२ पैसा र बिक्री दर १५५ रुपैयाँ २२ पैसासम्म पुगेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी, युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा पनि वृद्धि भएको छ। आज एक युरोको खरिद दर १६२ रुपैयाँ ७० पैसा र बिक्री दर १६२ रुपैयाँ ३६ पैसा तोकिएको छ। शुक्रबार युरोको खरिद दर १६१ रुपैयाँ ९५ पैसा र बिक्री दर १६२ रुपैयाँ ६१ पैसा थियो। त्यस्तै, आज एक पाउन्ड स्ट्रलिङको खरिद दर १९४ रुपैयाँ ८७ पैसा र बिक्री दर १९५ रुपैयाँ ६६ पैसा पुगेको छ। अघिल्लो दिन पाउन्डको खरिद दर १९३ रुपैयाँ ५२ पैसा र बिक्री दर १९४ रुपैयाँ ३१ पैसा रहेको थियो।

everest bank

अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा पनि आज वृद्धि देखिएको छ। आज एक अस्ट्रेलियन डलरको खरिद दर ९९ रुपैयाँ ०९ पैसा र बिक्री दर ९९ रुपैयाँ ४९ पैसा छ। कुवेती दिनारको खरिद दर ४८० रुपैयाँ ६७ पैसा र बिक्री दर ४८२ रुपैयाँ ६२ पैसा कायम भएको छ भने बहराइन दिनारको खरिद दर ३९३ रुपैयाँ ८२ पैसा र बिक्री दर ३९५ रुपैयाँ ४१ पैसा तोकिएको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने बैंकले स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?