National life
cg eloctronics

अमेरिकी डलर र युरोसहित केही विदेशी मुद्राको भाउ घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२९ असोज २०८३, बिहिबार
287Shares
अमेरिकी डलर र युरोसहित केही विदेशी मुद्राको भाउ घट्यो
ncell

काठमाडौं: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर, युरो, कुवेती दिनार र बहराइन दिनारको भाउमा गिरावट आएको छ। यद्यपि, अस्ट्रेलियन डलर र पाउन्ड स्ट्रलिङको मूल्यमा भने वृद्धि भएको छ।

बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा कायम भएको छ। बुधबार डलरको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थियो। डलरको मूल्य हालसम्मकै उच्च बिन्दु जेठ ७ गते १५४ रुपैयाँ ६२ पैसा खरिददर र १५५ रुपैयाँ २२ पैसा बिक्रीदरसम्म पुगेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, आज युरोको खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा तोकिएको छ। बुधबार युरोको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा रहेको थियो। पाउन्ड स्ट्रलिङको खरिददर आज २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि भई आज खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा पुगेको छ। बुधबार यसको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा थियो।

कुवेती दिनारको खरिददर आज ४९३ रुपैयाँ १० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०५ पैसा छ। बहराइन दिनारको खरिददर ४०२ रुपैयाँ २० पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७९ पैसा कायम भएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। राष्ट्र बैंकले तोकेको यो दर आवश्यकताअनुसार परिवर्तन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
287SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?