काठमाडौं । साताको कारोबारका क्रममा बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको हो।
बुधबार बजारमा १ करोड १६ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन कारोबार भएका कम्पनीमध्ये १८८ वटाको सेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बुधबार एसबीएल डिबेन्चरको मूल्य सर्वाधिक १३.२१ प्रतिशतले बढेको छ। त्यस्तै, एसबीआई डिबेन्चरको ८.१८ प्रतिशत, उपकार लघुवित्तको ४.९५ प्रतिशत, एनआईसी एसिया सेलेक्ट फण्डको ४.९१ प्रतिशत र नबिल डिबेन्चरको मूल्य ४.५५ प्रतिशतले वृद्धि भएको छ।
बजार परिसूचकमा भएको वृद्धि र मूल्य बढ्ने कम्पनीको संख्या घट्ने कम्पनीभन्दा बढी रहनुले बुधबारको कारोबारमा समग्र बजार सकारात्मक देखिएको छ।


































