National life

नेप्सेमा हरियाली छाउँदा यी कम्पनीको सेयर मूल्य चम्कियो

कारोबार रकम ४ अर्ब ६८ करोड ४५ लाख रुपैयाँ पुगेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|२९ भदौ २०८३, सोमबार
2.7kShares
नेप्सेमा हरियाली छाउँदा यी कम्पनीको सेयर मूल्य चम्कियो
ncell

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा आज कुल १ करोड १५ लाख ९१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम ४ अर्ब ६८ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ । आज २२६ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ४७ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आजको बजारमा इन्फिनीटी लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.४३ प्रतिशतले बढेको छ । त्यस्तै, त्रिशुली जलविद्युत्को ६.३८ प्रतिशत, श्रीजनशील लघुवित्तको ५.९३ प्रतिशत, मल्टीपर्पोश फाइनान्सको ५.२१ प्रतिशत र एनआईसी एसिया सेलेक्ट फण्डको ४.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेसँगै नेप्से परिसूचकमा पनि दोहोरो अंकको वृद्धि देखिएको हो । कारोबार रकमसमेत ४ अर्ब ६८ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?