काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.७७ अंकले उकालो लाग्दै २६२९.८१ विन्दुमा पुगेको हो।
बजारमा आज कुल १ करोड ७२ लाख ७० हजार कित्ता सेयर खरिद–बिक्री भएका छन्। उक्त कारोबारबाट कुल ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
बिहीबार नेपाल ल्यूब आयलको सेयर मूल्य सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ। त्यस्तै सोनापुर मिनरल्सको ७.६५ प्रतिशत, कुमारी सबल योजनाको ७.५६ प्रतिशत, घोराही सिमेन्टको ७.०७ प्रतिशत र सीवाईसी लघुवित्तको सेयर मूल्य ६.४७ प्रतिशतले बढेको छ।
समग्रमा बजारमा खरिद चाप बढेसँगै नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको हो।































