National life

सेयर बजारमा दोहोरो अंकको पहिरो, यी कम्पनी चम्किए

बजार राताम्मे हुँदा यी कम्पनीको सेयर मूल्य बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१२ असोज २०८३, सोमबार
388Shares
सेयर बजारमा दोहोरो अंकको पहिरो, यी कम्पनी चम्किए
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिनमै सेयर बजारमा दबाब देखिएको छ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचक १६ दशमलव ४७ अंकले घटेर २,६१३ दशमलव ३३ अंकमा सीमित भएको छ ।

कारोबारका क्रममा १ करोड ३१ लाख ७८ हजार कित्ता सेयर किनबेच भएका छन् ।

Royal Enfield
nic asia capital
दिनभर कुल ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा कारोबार भएका कम्पनीमध्ये ५० वटाको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

सोमबारको बजारमा केही डिबेन्चर तथा अन्य वित्तीय उपकरणको मूल्य भने बढेको छ ।

लक्ष्मी सनराइज डिबेन्चरको मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, कुमारी बैंक डिबेन्चर १२ दशमलव १७ प्रतिशत, प्रभु बैंक डिबेन्चर ८ दशमलव ८३ प्रतिशत, माण्डु हाइड्रोपावर ५ दशमलव ३८ प्रतिशत र एनआईसी एसिया ब्यालेन्स फन्डको मूल्य २ दशमलव ७३ प्रतिशतले बढेको छ ।

समग्र बजारमा भने बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
388SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?