National life
cg eloctronics

आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१२ मंसिर २०८३, शनिबार
431Shares
आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् कटौती हुने
muktinatha bikash bank

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा मर्मतसम्भार कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

बानेश्वर वितरण केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार भूमिगत लाइनको काम सम्पन्न भइसकेका क्षेत्रमा स्ट्रक्चर फिटिङ, एचटीरएलटी केबल राइजिङ, केबल कनेक्सन तथा बसबार एरेन्जमेन्टलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

प्राधिकरणका अनुसार मंसिर १२ गते शनिबार केएमसी तथा पुरानो विमानस्थल क्षेत्रका विभिन्न स्थानमा विद्युत् कटौती हुनेछ। त्यस्तै, मंसिर १३ गते आइतबार पुरानो विमानस्थल क्षेत्र, मंसिर १४ गते सोमबार शंखमूल तथा धोबीखोला क्षेत्र र मंसिर १५ गते मंगलबार केएमसी क्षेत्रका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्राधिकरणका अनुसार तोकिएका सबै दिनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

आज शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग, नापी विभाग एरियामा विद्युत् आपूर्ति बन्द रहनेछ । भोलि आइतबार शंखमुल मार्गमा विद्युत् आपूर्ति बन्द रहनेछ । पर्सि सोमबार बुद्धनगर, बिजुली बजार एरियामा विद्युत् कटौती हुने छ ।

everest bank

यस्तै, मंसिर १५ गते मंगलबार ३१ नं.वडा कार्यालय एरिया, तिनकुने तरकारी बजार एरियामा विद्युत् कटौती हुने छ ।

प्राधिकरणले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?