काठमाडौं । बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६ अंकमा झरेको छ । अघिल्लो दिन भने बजार ८.६६ अंकले बढेको थियो ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । बुधबार ६ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढेको छ भने १७९ वटाको घटेको छ । त्यस्तै, १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज लगानी समूहबाहेक सबै उपसमूहका सूचक घटेका छन् । लगानी समूहको सूचक ०.७२ प्रतिशतले बढ्दा बैंकिङ समूह ०.९३, विकास बैंक ०.४८, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६२ र जलविद्युत् समूह ०.०९ प्रतिशतले घटेका छन् ।
त्यस्तै, जीवन बीमा समूह ०.३४, उत्पादन तथा प्रशोधन ०.१८, निर्जीवन बीमा ०.४२, अन्य समूह ०.१३ र व्यापार समूह १.५२ प्रतिशतले घटेका छन् ।
कम्पनीगत रूपमा युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफको ४ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.९८ प्रतिशत र अपोलो हाइड्रोपावरको ३.०२ प्रतिशतले मूल्य बढेको छ ।
यसैगरी, एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ४.६० प्रतिशतले घटेको छ । सर्वोत्तम पेन्ट्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.४८ प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेस्टमेन्ट र कुमारी बैंक अगाडि रहेका छन् ।


































