National life
cg eloctronics

लगातार ओरालो लाग्दै सेयर बजार, लगानीकर्ताको मनोबल कमजोर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
९ दिन अगाडि|०२ मंसिर २०८३, बुधबार
6KShares
लगातार ओरालो लाग्दै सेयर बजार, लगानीकर्ताको मनोबल कमजोर
muktinatha bikash bank

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । यससँगै नेप्से परिसूचक लगातार दोस्रो दिन घट्दै २६२५ अंकमा झरेको छ ।

बुधबार नेप्से परिसूचक ११.०५ अंकले घटेको हो । यसअघि मंगलबार पनि बजार १२.७९ अंकले घटेको थियो । बुधबार दिनभरजसो बजार रातो अंकमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज ७० कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार घटेर ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ ।

everest bank

बैंकिङबाहेक सबै समूहगत सूचक घटे

बुधबार बैंकिङ समूहको सूचक ०.०५ प्रतिशतले बढेको छ । बाँकी सबै समूहगत सूचकमा गिरावट आएको छ ।

विकास बैंक ०.६५, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.३२, जलविद्युत् ०.४७, लगानी ०.१७, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.४९, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६५, अन्य ०.५९ तथा व्यापार समूह २.४९ प्रतिशतले घटेका छन् ।

लिबर्टी इनर्जीको सेयर मूल्यमा सबैभन्दा धेरै वृद्धि

बुधबार लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ३.०७ प्रतिशतले बढेको छ । उपकार लघुवित्तको २.९२, श्रीनगर एग्रिटेकको २.७५ तथा बेनी हाइड्रोको सेयर मूल्य २.३२ प्रतिशतले वृद्धि भएको छ ।

यसको विपरीत एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ८.६३ प्रतिशतले घटेको छ । त्यस्तै, सयपत्रि हाइड्रोपावरको ६.६५, भिजन लुम्बिनी ऊर्जाको ५.४९, सिर्जनशील लघुवित्तको ४.५८ तथा चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ ।

कारोबारमा यी कम्पनी अगाडि

कारोबार रकमका आधारमा बुधबार रिलायन्स स्पिनिङ मिल्स पहिलो स्थानमा रहेको छ । त्यसपछि क्रमशः सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सुपरमादी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट अगाडि रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?