National life
cg eloctronics

नारायणगढ–मुग्लिङ सडक मंसिर १३ देखि दैनिक पाँच घण्टा बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
733Shares
नारायणगढ–मुग्लिङ सडक मंसिर १३ देखि दैनिक पाँच घण्टा बन्द हुने
muktinatha bikash bank

काठमाडौँ । नारायणगढ-मुग्लिङ सडक खण्डमा मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणको काम अघि बढाउन अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा समयगत प्रतिबन्ध लगाइएको जनाएको छ ।

यसअघि केही समय सञ्चालन भएर स्थगित भएको पहिरो रोकथामको काम पुनः अघि बढाउँदा उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सडक बन्द गर्ने निर्णय गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचना अनुसार काठमाडौँबाट मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा जाने सडक खण्डमा भने सवारी आवागमन प्रभावित हुने छैन ।

प्रशासनले सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्राको योजना बनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

थप जानकारी तथा आवश्यक समन्वयका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको १००र१०३, सशस्त्र प्रहरी बलको ११४४, जिल्ला प्रशासन कार्यालयको ९८५५०९२२००, नेपाल प्रहरीका सूचना अधिकारीको ९८५५०१३९९९ तथा सडक डिभिजन भरतपुरको ९८५५०९२२१८ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

सडक बन्द हुँदा यात्रु तथा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमासमेत मागेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?