National life

आत्मविश्वास फर्कँदै, सेयर बजारमा नयाँ उछालको संकेत

प्रधानमन्त्रीको सम्बोधनपछि बजारमा हरियाली फर्किने संकेत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
6.8kShares
आत्मविश्वास फर्कँदै, सेयर बजारमा नयाँ उछालको संकेत
ncell

काठमाडौं । पछिल्ला दिनमा उतारचढावबीच रहेको सेयर बजारमा विस्तारै सकारात्मक संकेत देखिन थालेको लगानीकर्ता सुवास चन्द्र भट्टराईले बताएका छन्। उनका अनुसार लगानीकर्ताको घट्दो आत्मविश्वासलाई सरकारले सम्बोधन गर्न थालेपछि बजारले पुनः गति लिन खोजेको देखिएको हो।

भट्टराईका अनुसार अहिले बजार पूर्ण रूपमा स्थिर भइसकेको अवस्था भने होइन, तर बिस्तारै सुधारको दिशातर्फ अघि बढिरहेको छ। “अर्थतन्त्र अझै पूर्ण रूपमा चलायमान भइसकेको छैन, तर आगामी दिनमा गतिविधि बढ्दै जाने अपेक्षा छ,” उनले भने, “अर्थतन्त्र चलायमान भएसँगै बजारले अझ राम्रो प्रदर्शन गर्ने आधार तयार हुँदैछ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले बैंक तथा वित्तीय संस्थाको अवस्था अपेक्षाभन्दा सुधारोन्मुख देखिएको उल्लेख गर्दै अप्ठ्यारो अवस्थाबाट प्रणाली विस्तारै बाहिरिँदै गएको संकेत देखिएको बताए। यसले लगानीकर्तामा आत्मविश्वास बढाउने काम गरिरहेको उनको भनाइ छ।

भट्टराईले साना लगानीकर्तालाई बजारबारे बुझेर मात्र लगानी गर्न सुझाव दिएका छन्। उनका अनुसार बजारमा विभिन्न समूह सक्रिय रहने भएकाले हल्लाको पछि लाग्नु भन्दा कम्पनीको वास्तविक क्षमता, नाफा र लाभांश दिनसक्ने आधारलाई प्राथमिकता दिनु आवश्यक छ। “बजारको उतारचढाव त भइरहन्छ, तर दीर्घकालीन रूपमा कम्पनीको अवस्था नै महत्वपूर्ण हुन्छ,” उनले जोड दिए।

उनले अन्तर्राष्ट्रिय परिस्थिति पनि बजारका लागि महत्त्वपूर्ण रहने उल्लेख गरे। विशेषगरी विश्वस्तरमा देखिएका द्वन्द्व र आर्थिक अस्थिरताले नेपालमा समेत महँगी बढाउने र त्यसको असर सेयर बजारमा पर्ने सम्भावना रहेको बताए। तथापि, यी चुनौतीका बाबजुद दीर्घकालीन रूपमा बजारमा सकारात्मक सम्भावना कायमै रहेको उनको निष्कर्ष छ।

यो समाचार शेयर गर्नुहोस्
6.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?