काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको हो ।
आज बजारमा १ करोड २८ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये १७७ वटाको सेयर मूल्य बढेको छ भने ९४ वटाको मूल्य घटेको छ । त्यस्तै, ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
आज कुथेली बुखेरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ४.९१ प्रतिशतले बढेको छ । सोलु हाइड्रोपावरको ४.१२ प्रतिशत, विकास हाइड्रोपावरको ३.९७ प्रतिशत, निफ्रा ऋणपत्रको ३.८८ प्रतिशत र राप्ती हाइड्रोको ३.५० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
त्यसैगरि, कुमारी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
घलेम्दी हाइड्रोको २० करोड ३७ लाख, हिमालयन डेष्टिलरीको १८ करोड ८७ लाख, सोलु हाइड्रोपावरको १७ करोड ५७ लाख, लक्ष्मी सनराइज बैंकको १६ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
बढ्ने कम्पनीको संख्या घट्नेको भन्दा बढी रहँदा शुक्रबार समग्र सेयर बजार सकारात्मक बनेको छ ।
































