काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेको छ।
आज बजारमा कुल १ करोड ३३ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये १७२ वटाको सेयर मूल्य बढेको छ भने ९५ वटाको मूल्य घटेको छ। यस्तै, १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
आज चिरखुवा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.८२ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावरको १२.४६ प्रतिशत, शुभम पावरको ८.०६ प्रतिशत, एभरेष्ट कलरको ७.४७ प्रतिशत र स्वाभिमान लघुवित्तको ५.७३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ।
त्यसैगरि, घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८ करोड २९ लाख, ग्रीन भेन्चरको १७ करोड ५८ लाख, कुमारी बैंकको १७ करोड ३५ लाख, अपी पावरको १५ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
समग्रमा अधिकांश कम्पनीको सेयर मूल्य बढेसँगै नेप्से परिसूचकसमेत सकारात्मक बनेको छ।


































