National life
cg eloctronics

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध

रु. १ लाखसम्मको बीमा सुरक्षा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ मंसिर २०८३, आइतबार
362Shares
इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध
muktinatha bikash bank

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ (Scan & Care)  बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ । सन नेपाल लाइफले इसेवासँगको सहकार्यमा आफ्नो ‘स्क्यान एन्ड केयर’ सेवालाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराएको हो । डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो ।  

3 ad - 1
3 ad - 2
3 ad - 3

यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल रु. १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । योजनाअनुसार टर्म लाइफ इन्स्योरेन्सतर्फ रु. ५० हजार र सन मेडिकेयर (स्वास्थ्य बीमा) तर्फ रु. ५० हजारसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ ।  

everest bank

१८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यो योजना खरिद गर्न सक्नेछन् । उमेर र बीमा सुरक्षाका आधारमा यस योजनाको वार्षिक बीमाशुल्क रु. ७६० देखि रु. १,४०५ सम्म तोकिएको छ ।

सन नेपाल लाइफले आफ्ना शाखा कार्यालय र अभिकर्ताहरूमार्फत उपलब्ध गराउँदै आएको ‘स्क्यान एन्ड केयर’ योजनालाई डिजिटल माध्यमसँग जोडी सर्वसाधारण नागरिकसम्म बीमाको सहज, द्रुत र प्रविधिमैत्री पहुँच पुर्‍याउने उद्देश्यका साथ दुई कम्पनीबिच साझेदारी गरिएको हो ।

बीमा क्षेत्रलाई प्रविधिसँग जोड्न इसेवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरूसँग सहकार्य गर्दै इसेवाले ग्राहकहरूलाई एकै ठाउँबाट बीमा शुल्क भुक्तानी, नयाँ पोलिसी खरिद तथा अन्य डिजिटल बीमा सेवाहरू सरल र सुरक्षित रूपमा प्रदान गर्दै आएको छ। आगामी दिनमा ग्राहकको पहुँचलाई थप सहज र व्यापक बनाउन डिजिटल माध्यमबाट बीमाको पहुँच विस्तार गर्ने इसेवाको लक्ष्य रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
362SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?