National life
cg eloctronics

सम्पत्ति छानबिनमा गगनको खुला चुनौती : २०४६ सालदेखिका सबैको विवरण जाँचौँ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ मंसिर २०८३, आइतबार
430Shares
सम्पत्ति छानबिनमा गगनको खुला चुनौती : २०४६ सालदेखिका सबैको विवरण जाँचौँ
muktinatha bikash bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन्। अनुसन्धानका लागि कांग्रेस तयार रहेको भन्दै उनले यसअघि अनुसन्धानका क्रममा रोकिएका सबै फाइलसमेत खोल्न सरकारलाई चुनौती दिएका छन्।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति विवरण जाँचबुझ गर्न कांग्रेस तयार रहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘सबैको सम्पत्ति विवरण । हामी त तयार भयौँ । २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै प्रत्येक मान्छेको सम्पत्ति विवरण जाँचबुझ गर्ने । अहिलेसम्म अनुसन्धान भएर भनेर थन्काइएका जति पनि फाइल छन्, त्यसको अनुसन्धान गर्ने । प्रत्येक कुरामा नेपाली कांग्रेस खुला छ । सरकारले गरोस् भनेर हामी माग राख्छौँ,’ उनले भने।

everest bank

थापाले यस विषयमा जनतामाझ जाँदा स्पष्टसँग आफ्नो धारणा राख्न स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रहसमेत गरे।

उनले सम्पत्ति छानबिन र अनुसन्धानका काम कानुनबमोजिम हुनुपर्नेमा जोड दिए। सरकारका अनुसन्धान गर्ने निकायहरू कानुनअनुसार चल्नुपर्ने उनको भनाइ छ।

‘अनुसन्धान कानुनअनुसार हुनुपर्छ। सरकारका निकायहरू कानुनअनुसार चल्नुपर्छ,’ उनले भने।

कांग्रेसका कुनै नेता वा सार्वजनिक पदमा रहेका व्यक्तिले गलत काम गरेको भए कारबाही हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको थापाले बताए। तर, कांग्रेससँग आबद्ध भएको आधारमा वा गलत काम नगरेको अवस्थामा पनि नियतवश दुःख दिने काम स्वीकार्य नहुने उनको भनाइ छ।

उनले यही व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हकमा पनि लागू हुनुपर्ने बताए।

कुनै नेता वा मन्त्रीका विषयमा आरोप वा प्रश्न उठ्दैमा स्वतः दोषी ठहर गर्न नमिल्ने उल्लेख गर्दै थापाले गलत काम गरेको भए जोसुकै व्यक्ति भए पनि कानुनअनुसार अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

यही सन्देश लिएर जनतामाझ जान उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?