National life
cg eloctronics

हसिनाको स्वदेश फर्किने घोषणाले बंगलादेशमा खैलाबैला, १२० प्लाटुन सुरक्षाकर्मी सडकमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ मंसिर २०८३, आइतबार
514Shares
हसिनाको स्वदेश फर्किने घोषणाले बंगलादेशमा खैलाबैला, १२० प्लाटुन सुरक्षाकर्मी सडकमा
muktinatha bikash bank

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको दुईदिने देशव्यापी बन्दका कारण बंगलादेशमा सुरक्षा चुनौती बढेको छ। आइतबारदेखि सुरु भएको बन्दका क्रममा विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन्। सम्भावित हिंसा नियन्त्रण गर्न सरकारले देशभर सीमा सुरक्षा बल बंगलादेश (बीजीबी) का १२० प्लाटुन परिचालन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विशेषगरी दक्षिणी क्षेत्रका जिल्लामा बन्दको प्रभाव बढी देखिएको छ। सरकारले ती क्षेत्रमा थप प्रहरीसमेत खटाएको छ। बीजीबीका अनुसार फरिदपुरको नौदोबा–भाङ्गा–भाटियापारा राजमार्गमा रुख ढालेर यातायात अवरुद्ध गरिएको थियो। सडक खुलाउन र सवारी आवागमन सहज बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ।

everest bank

हसिनाको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगको बलियो प्रभाव रहेकाले त्यहाँ बन्दको गतिविधि बढी देखिएको छ। देशका अन्य क्षेत्रमा पार्टीका कार्यक्रमको प्रभाव तुलनात्मक रूपमा कम भए पनि गोपालगञ्जमा समर्थकहरूले प्रदर्शन र अन्य गतिविधि जारी राखेका छन्।

बजार र यातायात सेवा बन्द

बन्दको पूर्वसन्ध्यामा शनिबार राति अवामी लिगका कार्यकर्ताले गोपालगञ्जका विभिन्न स्थानमा राँके जुलुस निकालेका थिए। आइतबार र सोमबारका लागि आह्वान गरिएको बन्दलाई सफल बनाउन उनीहरूले जुलुस प्रदर्शन गर्नुका साथै माइकिङसमेत गरेका थिए।

सम्भावित हिंसा र तोडफोडको जोखिमलाई ध्यानमा राख्दै गोपालगञ्ज बजार समितिले दुई दिनसम्म पसल बन्द राख्ने निर्णय गरेको छ। शनिबार दिउँसोदेखि नै ढाका–गोपालगञ्ज रुटमा चल्ने बस सेवासमेत रोकिएको छ। बस व्यवसायीहरूले सुरक्षा जोखिम देखाउँदै आफ्नै निर्णयमा दुई दिनका लागि यातायात सेवा स्थगित गरेका हुन्।

कोटालीपाडास्थित स्टार एक्सप्रेसका प्रबन्धक मिलन शेखले हिंसा भड्किन सक्ने आशंकाका कारण बस सेवा बन्द गरिएको बताएका छन्। उनले ‘द डेली स्टार’सँग कुरा गर्दै जुनसुकै बेला बसमाथि आक्रमण हुन सक्ने वा दुर्घटना हुन सक्ने जोखिम रहेकाले शनिबार दिउँसोदेखि नै सेवा रोकिएको जानकारी दिएका छन्।

शनिबार सहरका विभिन्न भागमा राँके जुलुस र माइकिङ भइरहँदा सुरक्षाकर्मीको उपस्थिति भने देखिएको थिएन।

गोपालगञ्ज बजार समितिका सदस्य मोहम्मद सबुर मोल्लाका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पसल बन्द गर्ने निर्णय गरिएको हो। जुलुसमा सहभागी हुने व्यक्तिहरूको पहिचान गर्न कठिन हुने र त्यस्ता कार्यक्रममा अराजक समूह प्रवेश गरेर पसलमा लुटपाट गर्न सक्ने आशंका रहेको उनले बताएका छन्। अवामी लिगको घोषित कार्यक्रमबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर बजार बन्द गरिएको उनको भनाइ छ।

हसिनाको स्वदेश फर्किने घोषणाले थपियो राजनीतिक तनाव

यसैबीच, शेख हसिनाले सन् २०२६ डिसेम्बर १६ मा बंगलादेश फर्किने घोषणा गरेकी छन्। तर, मृत्युदण्डको सजाय पाइसकेकी उनलाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने सरकारले स्पष्ट पारेको छ।

बंगलादेश सरकारले सुपुर्दगी सन्धिअन्तर्गत हसिनालाई स्वदेश फिर्ता पठाउन भारतसँग औपचारिक आग्रह गरिसकेको छ। तर, भारतले उनलाई सुपुर्दगी गर्न सहमति जनाएको छैन।

हसिनाको स्वदेश फर्किने घोषणासँगै बंगलादेशमा राजनीतिक तनाव र सुरक्षा चिन्ता थपिएको छ। सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि सरकार ढलेसँगै उनी भारत निर्वासनमा गएकी थिइन्।

त्यसपछि सन् २०२६ फेब्रुअरी १२ मा सम्पन्न निर्वाचनबाट बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) दुई तिहाइ बहुमतसहित सत्तामा आएको थियो। अहिले अवामी लिगको बन्द आह्वान र हसिनाको स्वदेश फर्किने घोषणाले देशको राजनीतिक तथा सुरक्षा वातावरण थप संवेदनशील बनेको छ। - एन्जेसीको सहयोगमा

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?