National life

नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ जेठ २०८०, बुधबार
1.8kShares
नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत
ncell

काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको हो ।

ऊर्जा मन्त्रालयका अनुसार नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ ।

एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल नेपाल–भारतबीच विद्युत आयात–निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ ।

२०७७ को साउन पहिलो साता नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?