National life

'दिनमा ३५०० मान्छे बिदेसिनु भनेको एउटा वडा खाली हुनु हो ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ माघ २०८०, मङ्गलबार
651Shares
'दिनमा ३५०० मान्छे बिदेसिनु भनेको एउटा वडा खाली हुनु हो ’
ncell

पोखरा । २०४८ सालयता सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताएका छन् । कास्की काँग्रेसको सम्मेलनलाई सम्बोधन गर्दै उनले सबैले ४८ साल यताको नेतृत्व गर्नेका सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेकाले काँग्रेस तयार हुनुपर्ने बताए ।

’सबैले ४८ यताका सरकारमा गएकाको सम्पत्ति छानबिनको आवाज उठाएका छन् । यो राम्रो विषय हो,’ उनले भने,’काँग्रेस यसमा किन तयार नहुने ? हामीले नै यसको अभियान चलाओैं ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले महाधिवेशनमा सबै क्रियाशील मतदाताले भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने बताए । ’महाधिवेशन प्रतिनिधिले हैन, सबै क्रियाशील सदस्यले मतदान गर्ने विधि निर्माण गरौँ,’ उनले भने ।

पौडेलले बैंकका कारण बजार बिच्किएको तर्क गरे । ’दिनमा ३५०० मान्छे बिदेसिनु भनेको एउटा वडा खाली हुनु हो । हरेक दिन एउटा वडा रित्तिएको छ’,पौडेलले अघि थपे,’बैंकका कारण बजार बिच्किएको छ । सटर बन्द गरेर टुटल र पठाओ चलाएर बसेका छन् । यसको अवस्था कसरी आयो ?’

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?