काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको हो ।
आज बजारमा १ करोड ३ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त कारोबारबाट कुल ४ अर्ब २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये ९९ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
सोमबार बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको ५.८१ प्रतिशत, सोना मिनरल्सको ५.०७ प्रतिशत, सगरमाथा जलविद्युतको ४.७२ प्रतिशत र घोराही सिमेन्टको सेयर मूल्य ४.४७ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरि, घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
शिवम् सिमेन्टको २० करोड ५८ लाख, माउन्टेन इनर्जीको १७ करोड ९७ लाख, ग्रीन भेन्चरको १५ करोड ९१ लाख, हिमालयन डेष्टिलरीको १५ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
समग्रमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचकमा सामान्य दबाब देखिएको छ ।






































