National life

नेप्से दोहोरो अंकले घट्दा पनि यी कम्पनीका सेयर अत्याधिक खरिद–बिक्री

आज सेन्ट्रल फाइनान्सको सर्वाधिक अर्थात २० करोड ४६ लाख बढीको सेयर कारोबार भयो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
4.8kShares
नेप्से दोहोरो अंकले घट्दा पनि यी कम्पनीका सेयर अत्याधिक खरिद–बिक्री
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से २०.२७ अंकले ओरालो लाग्दै २७३५.१४ बिन्दुमा झरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबार रकम भने ४ अर्ब रुपैयाँ नाघेको छ। आज कुल ९२ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा अधिकांश कम्पनीहरूको सेयर मूल्य घटेको देखिएको छ। आज ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबारका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २० करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

नेप्से दोहोरो अंकले खस्दा पनि सबभन्दा बढी कालिन्चोक हाइड्रो पावर कम्पनीको १४.९९ प्रतिशत सेयर मूल्य भएको हो । यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको १३.११ प्रतिशत, सोपान फार्मासिउटिकल्सको ९.९८ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ८.८५ प्रतिशतले शेयर मूल्य वृद्धि भएको हो ।

त्यस्तैगरी, आज सेन्ट्रल फाइनान्सको सर्वाधिक अर्थात २० करोड ४६ लाख बढीको सेयर कारोबार भयो । यस्तै आँखुखोला जलविद्युतको १३ करोड ८० लाख, सिटी होटल्सको ११ करोड ७८ लाख र रिलायन्स स्पिनीङ मिल्सको १० करोड ३८ लाख बढीको सेयर कारोबार भयो ।

यो समाचार शेयर गर्नुहोस्
4.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?