National life
cg eloctronics

सेयर बजारमा पौने ६ अर्बको कारोबार, यी कम्पनीमा लगानीकर्ताको आकर्षण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
4.6kShares
सेयर बजारमा पौने ६ अर्बको कारोबार, यी कम्पनीमा लगानीकर्ताको आकर्षण
muktinatha bikash bank

काठमाडौं । साताको कारोबारको मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज बजारमा १ करोड ५३ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ७९ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबार भएका कम्पनीमध्ये १३६ वटाको सेयर मूल्य बढेको छ भने १३५ वटाको मूल्य घटेको छ। त्यस्तै, ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

everest bank

आज बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १४.९८ प्रतिशतले बढेको छ। माथिल्लो मैलुङखोला जलविद्युतको मूल्य १२.०९ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी, दोर्दी खोला जलविद्युतको सेयर मूल्य ६.७९ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ५.९५ प्रतिशत र सिर्जनशील लघुवित्तको ५.६८ प्रतिशतले बढेको छ।

त्यसैगरि, घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पीपल्स् हाइड्रोपावरको २४ करोड ६९ लाख, सानिमा मिडल तमोरको २१ करोड, लिबर्टी इनर्जीको १९ करोड ४७ लाख, ग्रीन भेन्चरको १९ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्रमा बजारमा सामान्य वृद्धि देखिए पनि सेयर मूल्य बढ्ने र घट्ने कम्पनीको संख्या लगभग बराबर रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
4.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?