National life
cg eloctronics

नेप्सेमा हरियाली छाउँदा यी कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२९ असोज २०८३, बिहिबार
348Shares
नेप्सेमा हरियाली छाउँदा यी कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि
ncell

काठमाडौं । सेयर बजारमा वृद्धिको क्रमले निरन्तरता पाएको छ। साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहीबार बजारमा १ करोड ३६ लाख १० हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कारोबार भएका कम्पनीमध्ये १६९ वटाको सेयर मूल्य बढेको छ भने ९३ वटाको घटेको छ। त्यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बिहीबार बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४।९८ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६।३५ प्रतिशत, लक्ष्मी उन्नति कोषको ६।२४ प्रतिशत, मञ्जुश्री फाइनान्सको ४।४४ प्रतिशत र रिडी पावरको सेयर मूल्य ३।७५ प्रतिशतले वृद्धि भएको छ।

समग्रमा सेयर मूल्य बढ्ने कम्पनीको संख्या घट्नेको तुलनामा बढी रहँदा नेप्से परिसूचकमा सामान्य वृद्धि देखिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
348SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?