National life

नेप्से घट्दा पनि यी कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दो

४ अर्ब २ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१३ साउन २०८३, बुधबार
3.3kShares
नेप्से घट्दा पनि यी कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दो
ncell

काठमाडौं । सेयर बजारमा बुधबार पनि गिरावट देखिएको छ । बजार परिसूचक नेप्से ७.७९ अंकले घट्दै २ हजार ६८८.८८ विन्दुमा झरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल ९७ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बुधबार एभरेष्ट कलरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, स्नो रिभरको ४.९० प्रतिशत, नबिल ब्यालेन्स फण्डको ३.९१ प्रतिशत, खानीखोला हाइड्रोपावरको ३.६२ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयर मूल्य ३.३५ प्रतिशतले वृद्धि भएको छ ।

बुधबारको कारोबारमा हिमालयन पावर पार्टनर लिमिटेड सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । यस कम्पनीको मात्रै २२ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

त्यसैगरी, खानीखोला हाइड्रोपावरको २१ करोड १७ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ९१ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७५ लाख रुपैयाँ र सेन्ट्रल फाइनान्सको १६ करोड ७३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा एउटा मात्र कम्पनीको सेयर मूल्यमा अपर सर्किट लागेको छ । एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य उच्च दरले बढ्दै अपर सर्किटमा पुगेको हो ।

अन्य बढ्ने कम्पनीहरूमा स्नो रिभर्सको सेयर मूल्य ४.९० प्रतिशतले वृद्धि भएको छ भने खानीखोला हाइड्रोपावरको ३.६२ प्रतिशत र हिमालयन पावर पार्टनरको ३.३५ प्रतिशतले बढेको छ ।

यता, गरिमा समृद्धि योजनाको सेयर मूल्य सर्वाधिक ६.६० प्रतिशतले घट्दै आजको सबैभन्दा बढी गुमाउने सूचिमा परेको छ ।

समग्रमा अधिकांश समूहमा बिक्री चाप बढ्दा नेप्से परिसूचक दबाबमा परेको देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
3.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?