National life

बजार ओरालो, तर यी कम्पनीमा उच्च कारोबार

कुल १ करोड ४ लाख २१ हजार कित्ता सेयर कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१२ साउन २०८३, मङ्गलबार
2.1kShares
बजार ओरालो, तर यी कम्पनीमा उच्च कारोबार
ncell

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ४.६४ अंकले घट्दै २६९६.६७ विन्दुमा झरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस दिन कुल १ करोड ४ लाख २१ हजार कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। बजारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

बढ्ने कम्पनीतर्फ एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले उकालो लागेको छ। त्यस्तै लक्ष्मी उन्नति कोष ९.१० प्रतिशत, गरिमा समृद्धि योजना ५.९८ प्रतिशत, याम्बलिङ हाइड्रोपावर ४.३९ प्रतिशत र सिटिजन्स सुपर म्युचुअल फण्ड ३.८१ प्रतिशतले बढेका छन्।

त्यसैगरि, सेन्ट्रल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २७ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

रिडी पावरको २१ करोड २१ लाख, सोलु हाइड्रोपावरको १९ करोड ९ लाख, ग्लोबल आईएमई बैंकको १६ करोड ७८ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १६ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?