काठमाडौं । मैदानमा ब्याट र बलको रोमाञ्चक भिडन्त, चौका–छक्कासँगै गुञ्जिने दर्शकहरूको हुटिङ अनि आफ्नो टोलीको जितका लागि धड्कीने हजारौँ समर्थकका मुटु । क्रिकेट केवल मैदानभित्र खेलिने खेल होइन, यो खेलाडीको सपना, समर्थकको भावना र लाखौँ क्रिकेटप्रेमीलाई एउटै उत्साहमा जोड्ने उत्सव पनि हो । यही क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस एन्थमले क्रिकेटको मैदानमा देखिने प्रतिस्पर्धात्मक जोश र मैदानबाहिर समर्थकहरूमा छाउने क्रिकेट क्रेजलाई एउटै सांगीतिक लयमा बाँध्ने प्रयास गरेको छ । हरेक बलसँगै बढ्ने उत्सुकता, हरेक चौका–छक्कामा उर्लिने खुसी र आफ्नो टोलीको जितमा झल्किने गर्वलाई संगीतमार्फत अभिव्यक्त गर्दै यस एन्थमले क्रिकेटको माहोलमा नयाँ रौनक थप्ने अपेक्षा गरिएको छ ।
एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ, भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहनेगरी प्रायोजन साझेदारी रहेको छ ।
खेलाडीहरूको जित्ने अठोट, टोलीप्रति समर्थकहरूको अटुट विश्वास र दर्शकदीर्घाबाट गुञ्जिने उत्साहलाई संगीतको माध्यमबाट जोड्दै कम्पनीले क्रिकेटप्रेमीहरूको भावनासँग अझ नजिकिने प्रयास गरेको छ । मैदानमा जितका लागि हुने संघर्षदेखि दर्शकको हरेक धड्कनसम्मका भावनालाई समेट्नु नै यस सांगीतिक प्रस्तुतिको मुख्य विशेषता हो ।
युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द र ब्लुस (सुरज शाही) को सङ्गीत सिर्जना तथा संयोजनमा ‘एक्स्ट्रीम एन्थम’ तयार गरिएको हो । यसको निर्माणको काम भने ‘एनएफटीपी’ टिमले गरेको हो ।
विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै तयार गरिएको यस एन्थमले खेलको उत्साहलाई नयाँ सांगीतिक अभिव्यक्ति दिएको छ । मैदानमा खेलाडीहरूले प्रदर्शन गर्ने जोश र दर्शकहरूले महसुस गर्ने रोमाञ्चलाई संगीतमा उतार्दै यसले क्रिकेटको माहोललाई अझ जीवन्त र ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ ।
एक्स्ट्रीमका लागि यो एन्थम केवल एउटा गीत वा सांगीतिक प्रस्तुति मात्र होइन, क्रिकेट र संगीतलाई एउटै उत्सवमा रूपान्तरण गर्ने सिर्जनात्मक प्रयास पनि हो । क्रिकेटले मैदानमा सिर्जना गर्ने रोमाञ्च र संगीतले मानिसको मनमा जगाउने उत्साहलाई एकै ठाउँमा ल्याउँदै कम्पनीले खेलाडी र समर्थकबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य राखेको छ ।
क्रिकेटको वास्तविक सौन्दर्य मैदानमा हुने प्रतिस्पर्धामा मात्र सीमित हुँदैन । खेलाडीको हरेक उत्कृष्ट प्रदर्शनले रोमाञ्च सिर्जना गर्छ भने दर्शकको साथ, समर्थन र उत्साहले त्यसलाई भव्य उत्सवमा परिणत गर्छ । मैदानमा खेलाडीहरूले जितको कथा लेखिरहँदा दर्शकदीर्घाबाट गुञ्जिने आवाजले त्यस कथामा थप ऊर्जा भरिरहेको हुन्छ । यही खेल र समर्थकबीचको सम्बन्ध, जितको चाहना र क्रिकेटप्रतिको साझा प्रेमलाई संगीतमा उतारिएको ‘एक्स्ट्रीम एन्थम’ ले नेपाली क्रिकेटको उत्साहलाई नयाँ लय दिने विश्वास गरिएको छ ।
क्रिकेटको जोश, संगीतको ताल र समर्थकहरूको अटुट साथलाई एउटै धड्कनमा जोड्ने ‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ ।






































