काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले वृद्धि हुँदै २,५९९.९३ विन्दुमा पुगेको हो ।
आज बजारमा १ करोड ३५ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
कारोबार भएका कम्पनीमध्ये १०७ वटाको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सगरमाथा जलविद्युतको सेयर मूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ । नेपाल लाइफ समृद्धि योजना ४.६२ प्रतिशत, एनआईसी एसिया ग्रोथ फण्ड ४.५७ प्रतिशत, ओरियन्टल होटल ३.७४ प्रतिशत र सन नेपाल लाइफको सेयर मूल्य ३.१७ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरि, घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
माउन्टेन इनर्जीको २५ करोड ९७ लाख, कुमारी बैंकको २५ करोड ३७ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १२ करोड ७९ लाख, लक्ष्मी सनराइज बैंकको १० करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।



































